• २०८१ बैशाख २२ शनिबार

इक्यानको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

kharibot

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । 

शनिबार भएको निर्वाचनमा अर्बिट इन्टरनेसनल एजुकेसनका सीइओ रहेका भट्टराईले पूर्व अध्यक्ष विष्णुहरि पाण्डेलाई पराजित गरेका हुन् । संघको नेतृत्व लिन भट्टराई र पाण्डेले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

निर्वाचनमा पदाधिकारीमा पाण्डे समूहबाट उपाध्यक्ष लक्ष्मण पौडेल र भुवनबहादुर क्षेत्री मात्र निर्वाचित भएका छन् भने अन्य सबै पदाधिकारी पदमा भट्टराई पक्षबाट  निर्वाचित भएका छन् ।

इक्यानको महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईँ, रत्न बहादुर भट्टराई निर्वाचित भएका छन् भने कोषाध्यक्षमा आशिक कार्की र सह-कोषाध्यक्षमा विकल्प राज पोखरेल निर्वाचित भएको इक्यानले जनाएको छ ।

त्यस्तै सदस्यमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशी प्रसाद भट्टराई, विजय कुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै