• २०८१ बैशाख २६ बुधबार

ओलीसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

kharibot

काठमाडौँ । नेपालको एक दिने भ्रमणमा रहेका दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको भेटवार्तामा सहायक विदेशमन्त्री लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा जान लागेको जानकारी गराएका थिए ।

भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी रहेका थिए ।

यसअघि नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लुले कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै