• २०८३ कार्तिक २६ बिहीबार

उत्तर कोरियाली शाषक किमको शौख !

उत्तर कोरियाली शाषक किमको शौख !

काठमाडौँ । उत्तर कोरियाका जनतासँग खानको लागि खाना नभए पनि देशका सर्वोच्च नेता किम जोङ उन विलासी जीवन बिताइरहेको रिपोर्ट बेला बेलामा आउने गर्दछ ।

महँगो मदिरा, बिशेष चुरोट र विदेशबाट ल्याइने मासु उनीहरुको जीवनशैलीका महत्वपूर्ण हिस्सा हुन् । डेलीस्टारसँग कुरा गर्दै बेलायतका एक रक्षा विशेषज्ञले किम जोङ उन एक अल्कोहलिक व्यक्ति भएको बताएका छन् । कीमले कालो लेबल स्कच ह्विस्की र हेनेसी ब्रान्डी पिउन मन पराउँछन्, जसको एक बोतलको मूल्य ७ हजार डलरसम्म पर्ने बताइन्छ ।

चिनियाँ सामान्य प्रशासन भन्सारले केही वर्षअघि सार्वजनिक गरेको व्यापार तथ्याङ्कअनुसार ४० वर्षीय किम जोङ उनले उत्तर कोरियामा उच्च गुणस्तरको मदिरा आयात गर्न वार्षिक ३ करोड डलर खर्च गरेको रिपोर्ट सार्बजनिक गरेको थियो । रक्सीका अलावा किमलाई स्वादिष्ट खानेकुरा पनि निकै मन पर्छ । उनी इटालीको पर्मा क्षेत्रको परिकार, पर्मा ह्याम र स्विस एमेन्टल चीजको स्वाद नियमित लिने गर्दछन् ।

किमका पूर्व सुशी शेफले बेलायती अखबारलाई किम जोङ उन र उनका बुबा प्रायः कोबे स्टेक, संसारमा सबैभन्दा महँगो र खोजिने गाईको मासु र क्रिस्टल शैम्पेनमा सँगै खाना खाने गरेको बताएका छन् । उनलाई जंक फुड पनि निकै मन पर्छ । रिपोर्टका अनुसार सन् १९९७ मा किम परिवारका लागि पिज्जा बनाउन एक इटालियन शेफलाई हायर गरिएको थियो । किमलाई ब्राजिलियन कफी मन पर्छ, जसमा उनले वर्षमा करिब ९ लाख ६७ हजार ५१ डलर खर्च गर्ने गरेको रिपोर्ट सार्बजनिक भएको छ ।

किमले सुनको पन्नीमा बेरिएको कालो चुरोट यवेस सेन्ट लरेन्ट पिउने गरेको बताइएको छ । २०१४ मा मेट्रो रिपोर्टले किमले नियमित रूपमा 'स्नेक वाइन' खान्छ जसले वीरता बढाउने अफवाह रहेको छ । उत्तर कोरियाली तानाशाहले अत्यधिक मदिरा र चुरोट सेवन गर्ने र उनको तौल १३६ किलोभन्दा बढी भएको दक्षिण कोरियाली गुप्तचर रिपोर्टले खुलासा गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै