• २०८१ बैशाख १५ शनिबार

हेलिकप्टर दुर्घटनास्थलमा पाँच जनाको शव भेटियो

kharibot

फाइल तस्बीर

काठमाडौँ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अनुसार दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिक दुई हेलिकप्टर अवतरण गरेको र उद्धारको प्रयास जारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

त्यस्तै हेलिकप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकप्टरमा चढेका थिए । हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।

सुर्केबाट उडेको मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटना अवस्थामा भेटिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै