सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला नजिकै रहेको सुर्केबाट उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
सुर्के हेलिप्याडबाट बिहान १० बजेर ५ मिनेटमा उडेको मनाङ एयरको नाइन एन- एएमभी कलसाइनको हेलिकोप्टर उडान भरेको करिब १० मिनेटपछि सम्पर्कविहीन भएको हो ।
हेलिकोप्टर लामाजुरा डाँडासम्म सम्पर्कमा रहेको र काठमाडौं टावरलाई ह्याण्डओभर गर्नासाथ सम्पर्क विच्छेद भएको बुझिएको छ ।
सम्पर्कविहिन हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर पठाउन लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । हेलिकप्टर दुर्घटनामा परेको हो या कतै अवतरण भएको हो एकीन हुन सकेको छैन ।
हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी यात्रु रहेका छन् ।