• २०८१ बैशाख १६ आइतबार

राहुल गान्धीलाई झट्का, गुजरात हाईकोर्टद्वारा याचिका खारेज

kharibot

नयाँ दिल्ली । गुजरात हाईकोर्टले कांग्रेस नेता राहुल गान्धीको सजायमाथि रोक लगाउने याचिका खारेज गरेको छ ।

राहुल गान्धीलाई मोदी उपनामको साथ टिप्पणी गरेकोमा आपराधिक मानहानि मुद्दामा दोषी ठहराइएको थियो । उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो, त्यसपछि उनले संसदको सदस्यता गुमाएका थिए ।

राहुल गान्धीसँग अझै पनि उच्च न्यायालय वा सर्वोच्च अदालतमा याचिका दायर गर्ने विकल्प छ । राहुलले पहिले जमानतको लागि निवेदन दिनेछन् । यदि जमानतको निवेदन खारेज भयो भने उनी जेल जान सक्नेछन् ।

यदि माथिल्लो अदालतबाट राहत मिलेन भने राहुललाई २०२४ को लोकसभा चुनाव लड्न गाह्रो हुनेछ । राहुलले आठ वर्षसम्म चुनाव लड्न पाउने छैनन् ।

गत मार्च २०१९ मा, राहुल गान्धीले मोदी उपनामको बारेमा गरेको टिप्पणीको सम्बन्धमा, सूरत अदालतले उनलाई धारा ५०४ अन्तर्गत दुई वर्षको सजाय सुनाएको थियो । यसपछि राहुलको लोकसभा सदस्यता पनि गएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै