• २०८३ असोज १५ बिहीबार

सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको छ- प्रधानमन्त्री प्रचण्ड 

सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको छ- प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक खर्च घटाउन दुग्ध विकास बोर्ड खारेज गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चको चापका कारण दुग्ध विकास बोर्ड खारेज गरिएको बताएका हुन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यक्षेत्र मन्त्रालय एवं विभागबाट भइरहेको कार्य समानान्तर प्रकृतिको देखिएको भन्दै उनले बोर्ड खारेज गर्दै यसको नियामक र प्रवर्धकको कार्य मन्त्रालयबाट हुने व्यवस्था मिलाइने जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै