काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इन्डोनेसियालाई पराजित गरेको छ ।
सोमबार जकार्तास्थित गेलोरा बंग कार्नो स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले इण्डोनेसियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लीनड्रो परेडेज र क्रिस्टियन रोमेरोले एक एक गोल गरेका थिए ।
यस खेलमा लियोनेल मेसी र एन्जल डि मेरियालगायतका खेलाडीलाई आराम दिइएको थियो ।









