• २०८१ बैशाख २२ शनिबार

नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा छलफल

kharibot

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन् । 

मन्त्रालयमा उनीहरुबीच भएको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगबारे छलफल भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । 

सो अवसरमा स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग आगामी दिनमा निरन्तरता दिने विषयमा विचारविमर्श भएको थियो । मन्त्री बस्नेतले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा राजदूत पोलिटसँग जिज्ञासा राखेका थिए । 

मन्त्री बस्नेतलाई उद्धृत गर्दै प्रेस संयोजक दुलालले भने, “बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा ब्रिटिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै