• २०८१ बैशाख २६ बुधबार

बजार नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा फ्याँकियो

kharibot

काठमाडौं । कालिमाटी तरकारी बजारका व्यापारीहरुले उचित मुल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् ।

आइतबार बजारमा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् ।

कालिमाटी थोक तथा खुद्रा बजार समितिका अनुसार आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर विरोध गरिएको छ । 

कालिमाटी बजार बिकास समितिले आइतबारका लागि  सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो न्युनतम ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

कालिमाटीकै केहि तरकारी व्यापारीहरुले भने मुल्य बढाउन  यसो गरिएको आशंका गरेका छन् । तर गोलभेंडा फालेका व्यापारीहरुले भएन किलोको ४ रुपैयाँमा पनि गोलभेडा बिक्रि नभएको दाबी गरेका छन् ।

यस अघि केहि महिना अघि उचित बजार मुल्य नपाएको भन्दै चितवनका किसानले पनि गोलभेंडा सडकमा फ्याँकेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै