• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक

kharibot

काठमाडौँ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले संयुक्तरुपमा आगामी पाँच वर्षका राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक गरेका छन् । 

आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, विश्व स्वास्थ्य संगठनका सरुवा रोग विभागका सहायक महानिर्देशक डा रेन मिङघुईले संयुक्तरुपमा उक्त रणनीतिको सार्वजनिक गरेकी हुन् । 

स्वास्थ्य राज्यमन्त्री अर्यालले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा ६४ वर्षदेखि निरन्तर पुर्याएको सहयोग महत्वपूर्ण भएको भन्दै धन्यवाद व्यक्त गरे । 

उनले भने, ‘यो रणनीति नयाँ सविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न, नेपाल र विश्व स्वास्थ्य संगठनको सहकार्यलाई दिशानिर्देश गर्न, स्वास्थ्य क्षेत्रमा हाम्रा प्रतिवद्धता पूरा गर्न सहयोगी बन्नेछ ।’ 

उनले संघीयतामा स्वास्थ्य, मातृशिशु मृत्युदर, प्रतिजैविक औषधिको प्रयोगमा नियन्त्रण, विपद्का बेलामा स्वास्थ्य व्यवस्थापन, सरुवा, नसर्ने रोगको नियन्त्रणका लागि संगठनको रणनीति लाभदायी हुने बताए । 

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले नेपालले स्वास्थ्य क्षेत्रमा लिइएका महत्वपूर्ण रणनीतिहरु पूरा गर्न पनि यो रणीनीति सहयोगी हुने बताए । 

नेपाल विगतमा हासिल गरेका उपलब्धि कायम राख्दै आगामी लक्ष्य प्राप्तिका लागि यो रणनीति सहयोगी हुने उल्लेख गर्दै सचिव चौधरीले ‘‘मातृशिशु मृत्युदर, सुर्तिजन्य पर्दाथ नियन्त्रण, नसर्ने रोग, मानसिक स्वास्थ्य स्वास्थ्य बीमालगायत प्राथमिकता प्राप्त कार्यक्रम सञ्चालन गर्न रणनीति महत्वपूर्ण हुने विचार प्रकट गरे । 

विश्वस्वास्थ्य संगठनका नेपाल सरुवा रोग विभागका सहायक महानिर्देशक डा मिङघुईले नेपालले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरिरहेको उल्लेख गर्दै नयाँ रणनीतिले सरकार र साझेदार संस्थाहरुलाई आगामी कार्ययोजनामा सहकार्य गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

उनले रणनीतिअनुसारको उपलब्धि हासिल गर्न सबै सरोकारवालासँगको सहकार्य आवश्यक भएको उनको भनाइ थियो । 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भेन्देलेयरले पञ्चवर्षीय योजनामा पहिलो प्राथमिकतामा संघीय राज्य प्रणालीअनुसार सर्वव्यापी स्वास्थ्य सेवालाई प्रथामिकतामा राखेको बताए । 

उनका अनुसार क्षयरोग नियन्त्रण, दादुरा, मलेरियालगायतका सरुवा रोग उन्मूलन, खोपबाट रोकथाम गर्न सकिने रोगको नियन्त्रण, हेपाटाइटिस तथा नयाँ खोपका बारेमा जनचेतना जगाउने र जीवनशैलीमा सुधार ल्याई स्वास्थ्यलाई बढावा दिने जस्ता दोस्रो प्राथमिकता प्राप्त जनस्वास्थ्यका कार्यक्रम प्रभावकारीरुपमा प्रदान गर्न सहकार्य गरिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै