• २०८१ फाल्गुण २ शुक्रबार

शुभमन गिललाई आइसीसीको जरिवाना

kharibot

काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले भारतीय क्रिकेटर शुभमन गिललाई जरिवाना गरेको छ ।

आइतबार सम्पन्न विश्व टेस्ट च्याम्पियन्सिपको फाइनल खेलको दोस्रो इनिंगमा विवादस्पद रुपमा आउट भएका गिललाई आइसीसीले खेल फिसको १५ प्रतिशत जरिवाना गरेको हो । १८ रन बनाएर आउट भएका गिलले आउट भएपछि सामाजिक सञ्जालमा आफ्नो क्याच भएको तस्बीरसहित प्रकाशित गर्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

स्कट बोल्याण्डको बलमा क्यामरुन ग्रीनले गिलको लो क्याच लिएपछि थर्ड एम्पाएरले रिभ्युपछि आउट दिएका थिए ।  

आइसीसीको नियम अनुसार आर्टिकल २.७ अनुसार अन्तर्राष्ट्रिय खेलका क्रममा भएका घटना बारे सार्बजनिक रुपमा कमेन्ट गर्न नपाइने नियम रहेको छ ।

त्यस्तै आइसीसीले स्लो ओभर रेटका कारण भारतीय टिमलाई म्याच फिसको शत र अस्ट्रेलियालाई ८० प्रतिशत जरिवाना गरेको छ ।  यस फाइनल खेलमा तोकिएको समयमा भारतले ५ ओभर कम फालेको थियो भने अस्ट्रेलियाले ४ ओभर कम फालेको थियो ।

फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई पराजित गर्दै टेस्ट च्याम्पियन्सिपको उपाधि जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै