• २०८१ बैशाख १४ शुक्रबार

इतिहादले बेन्जमालाई भित्र्यायो

kharibot

काठमाडौँ । फ्रान्सका फरवार्ड करिम बेन्जमा साउदी प्रो लिग च्याम्पियन अल इतिहादमा भित्रिएका छन् ।  बेन्जमाले अल इतिहादसँग तीन बर्षको औपचारिक सम्झौता गरेका हुन् ।

अल इतिहादले बेन्जमालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।

बेन्जमालाई अल इतिहादले प्रति सिजन २१३ मिलियन डलरमा भित्र्याएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अल इतिहादले पोष्ट गरेको भिडियोमा बेन्जमाले यो आफ्नो लागि नयाँ चुनौती भएको बताउदै क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी भएको लिगमा आफु आएको बताएका छन् । 

बेन्जमालाई इतिहादले जेहादस्थित आफ्नो स्टेडियममा आफ्ना फ्यानहरुको अगाडी स्वागत गर्ने तयारी गरेको छ ।

यसअघि पछिल्लो उनले १४ सिजनदेखि खेलिरहेको क्लब रियल म्याड्रिड छोड्ने निर्णय गरेका थिए ।

आइतबार राति सम्पन्न ला लिगाको एथलेटिक क्लबविरुद्धको खेल नै  बेन्जमाको रियलमा अन्तिम खेल भएको छ । १-१ गोलको बराबरी भएको सो खेलमा बेन्जमा रियलका लागि अन्तिम गोल गरेका थिए ।

बेन्जमा रियल म्याड्रिडका सफल स्ट्राइकर मध्ये एक हुन् । उनले रियलका लागि अहिलेसम्म ६४८ खेलमा ३५४ गोल गरेका छन् ।

उनले रियल म्याड्रिडबाट १४ सिजन खेल्दै चार ला लिगा, पाँच च्याम्पियन्स लिग, तीन कोपा डेल रे, पाँच फिफा क्लब विश्वकप जितेका छन् ।

क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगमा गएपछि अहिले साउदी क्लबको निशानामा ठुला खेलाडीहरु रहेका छन् । लियोनेल मेसी, सर्जियो रामोस, एन्गोलो कान्टे जस्ता खेलाडी साउदी प्रो लिगसँग जोडिन सक्ने बताइएको छ ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै