• २०८१ बैशाख १५ शनिबार

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

kharibot

काठमाडौ । कुमारी बैंकको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो ।

मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले जेठ १७ गतेदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

लिलामी सेयरको आवेदन बुधबार बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै