• २०८१ बैशाख १५ शनिबार

चुरे नमास्न शान्ति समाजद्वारा आग्रह

kharibot

काठमाडौँ । ‘चुरे मास्न  पाइदैन: पर्यावरण विरोधी नीति चाहिँदैन, हिमालय-चुरे बचाउँ : तराइलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ भन्ने आह्वानसहित विभिन्न जिल्लामा वृक्षरोपण गरी आज वातावरण दिवस मनाइएको छ । 

मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसका अवसरमा आज काठमाडौँ, पाल्पा, चितवन, तेह्रथुमलगायत जिल्लामा वृक्षरोपण गरेको कार्यबाहक सभापति कृष्णबहादुर रावलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 यसैगरी समाजको दाङ, सुर्खेतलगायत शाखाले वृक्ष गोडमेल तथा सरसफाइ कार्यक्रम गरी विश्व वातावरण दिवस मनाएका छन् ।

पछिल्लो चरणमा चुरे सिध्याउने गरी ढुङ्गा, गिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न थालेको नीतिप्रति शान्ति समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

चुरेको अत्यधिक दोहन गरेर ढुङ्गा, गिट्टी र बालुवा निकाल्नु भनेको तराईलाई मरुभूमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार व्यक्त गर्दै आएको छ ।

बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुङ्गा र गिट्टी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले आपत्तिजनक भएको हुँदा त्यस्तो नीति खारेज गर्न शान्ति समाजले सरकारसँग आग्रह गरेको छ । वातावरण संरक्षणका लागि कार्य गर्न केन्द्रित रही सन् १९७३ देखि ५ जुनका दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

यस दिवसका अवसरमा वातावरणको क्षेत्रमा विश्वव्यापी सचेतना र आवश्यक कदम चाल्नका लागि ध्यानाकर्षण गराउने गरिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै