• २०८१ बैशाख १५ शनिबार

नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको अन्तिम तथा निर्णायक खेल खेल्दै

kharibot

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको टी-२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज खेल्दै छ ।

मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा नेपाली समय अनुसार यो खेल विहान ८: ४५ बजेदेखि शुरु हुने छ ।

नेपाल र मलेसिया अहिलेसम्म सिरिजमा २-२ ले बराबरी रहेका छन् भने अन्तिम खेल जित्ने टिमले सिरिज कब्जा गर्ने छ ।

सिरिजको पहिलो खेलमा हार बेहोरेको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर सिरिजमा अग्रता बनाएको थियो । तर अन्तिम खेल मलेसियाले जितेर सिरिज बराबरी गरेको छ ।

सिरिजको पहिलो खेल मलेसियाले ५ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । त्यस्तै चौथो खेल मलेसियाले ४ विकेटले जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै