• २०८१ बैशाख ११ मंगलबार

कुमारी बैंक र नास-आइटीबीच बैंकिङ्ग सेवासम्बन्धि सम्झौता

kharibot

काठमाडौँ । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्धन गर्न स्थापित सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ नेपाल एसोसियसन अफ सफ्टवेयर एण्ड आइटी सर्भिस कम्पनि (नास-आइटी) सँग बैंकिङ्ग सेवा सम्बन्धि सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडले नास-आइटीमा आवद्ध कम्पनीहरुलाई सरलीकृत कर्जा लगायत अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपलब्ध गराउने छ । कुमारी बैंक लिमिटेडका वरिष्ठ उप—प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा नास-आइटीका अध्यक्ष रिचन श्रेष्ठद्वारा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

सूचना तथा प्रवधि क्षेत्रसँग आवद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ्ग सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । नास-आइटी नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ ।

सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनकालागि बैंक तथा संघ बीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आवद्ध उद्दमी तथा संस्थाहरु माझ थप उर्जा प्रदान गर्ने  विश्वास जनाएको छ । 

कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, २९६ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै