• २०८३ बैशाख १९ शनिबार

वर्ल्डलिङ्कले दुई घण्टाभित्र सपोर्ट कर्मचारी नपुगे क्षतिपूर्ति दिने

वर्ल्डलिङ्कले दुई घण्टाभित्र सपोर्ट कर्मचारी नपुगे क्षतिपूर्ति दिने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले देशभर करिब १७० ‘सपोर्ट जोन' स्थापना गरेको छ । ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौँ उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन् । यसले गर्दा इन्टरनेट सम्बन्धी कुनै समस्या परेको खण्डमा गुनासो प्राप्त भएको दुई घण्टाभित्र वर्ल्डलिङ्कका कर्मचारी समाधान गर्ने ग्राहकको घरमा पुग्न सक्ने कम्पनीको दाबी छ ।

यदि विशेष कारण बाहेक दुई घण्टाभित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादव बताउँछन् । ‘हामी ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध छौँ,‘ उनी भन्छन्, ‘यदि केही गरी हाम्रा फिल्ड स्टाफ दुई घण्टाभन्दा पाँच मिनेट मात्रै ढिलो पुगे भने पनि ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेका छौँ ।'

कम्पनिले कलसेन्टर, सामाजिक सञ्जाल तथा इमेल, मोबाइल एप, एसएमएस जस्ता माध्यमहरुबाट ग्राहकलाई सपोर्ट दिने गरिरहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै