• २०८१ बैशाख १८ मंगलबार

चालक अनुमति पत्र नविकरण पाल्पाबाटै

kharibot

रामपुर । सवारी चालक अनुमति पत्र नविकरण पाल्पाबाटै थालिएको छ । यसअघि सो कार्य बुटवल लगायतका स्थानबाट हुने गरेको थियो । 

सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर जिल्लाबाटै सवारी चालक अनुमति पत्र नविकरणको व्यवस्था गरिएको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए ।

कार्यालयले यही जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र नविकरणको काम थालेको छ । 

तानसेन नगरपालिका–७ बर्तुङ देवकोटा चोकस्थित कार्यालयबाट नविकरणको काम थालिएको प्रमुख सुनारले बताए । 

खेलकुद पत्रकार मञ्चमा पुनः अर्याल 

यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा माधव अर्याल निर्विरोध चयन भए । मञ्चको साधारणसभाबाट कान्तिपुर दैनिकका पत्रकार अर्याललाई पुनः अध्यक्षमा चयन गरिएको हो । 

 यसैगरी मञ्चको उपाध्यक्षमा देव पचभैया, सचिवमा विजय पौडेल, कोषाध्यक्षमा कमल अधिकारी र सह–सचिवमा दुर्गेश मल्ल तथा सदस्यमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपानेलाई चयन गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै