काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ताईलाई पराजति गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल ताईलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले एक एक गोल गरेका थिए ।
पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औँ मिनेटमा टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारेका थिए ।
यो जितपछि अल नासरको लिगमा २७ खेलमा ६० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै अल ताईको भने २७ खेलमा ३४ अंक छ र लिगमा सातौं स्थानमा रहेको छ ।









