• २०८१ पौष २४ बुधबार

इथोपियामा हैजावाट मर्नेको संख्या ९८ पुग्यो

kharibot

काठमाडौं । इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । दक्षिणपूर्वी इथोपियामा फैलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो । 

संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत साता देखी फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो । हाल, दक्षिणी पुर्वी इथोपियाका हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ ।

इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाईएको छ । चिकित्सकहरुलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिईएको छ । 

सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधिहरु प्रयोग गरिएको छ ।

उता, यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्टिय सहयोगका लागि आब्हान गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै