• २०८१ बैशाख २४ सोमबार

अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते

kharibot

सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भूमिकास्थान-२ तिरतिरे खोलाका ५५ वर्षीय पदम वेल्वासे, ३६ वर्षीय माधव वेल्वासे, ५२ वर्षीय घनश्याम वेल्वासे, ७२ वर्षीय पिताम्बर वेल्वासे र २६ वर्षीया अस्मिता वेल्वासे रहेका छन् ।

भूमिकास्थान नगरपालिका-२ तिरतिरे खोलामा लागेको आगो स्थानीय पदम वेल्वासेको घरमा सल्किएपछि आगो निभाउने क्रममा स्थानीय पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालका अनुसार आगोले पदम वेल्वासेको घर जलेर नष्ट भएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै