काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीका लागि दुवै गोल इके गुनडोगानले गरेका थिए । त्यस्तै लिड्सका लागि एक गोल रोड्रीगो मोरेनोले गरेका थिए ।
यो जितपछि लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अग्रता ४ अंकले बढाएको छ । म्यानचेस्टर सिटीको ३४ खेलमा ८२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ३४ खेलमा ७८ अंक रहेको छ ।
त्यसैगरी लिड्स युनाइटेडको भने ३५ खेलमा ३० अंक छ र लिगमा १७औ स्थानमा छन् ।









