• २०८१ असार १२ बुधबार

पाकिस्तान एकदिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लियो

kharibot

काठमाडौं । पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्ष स्थानमा उक्लेको छ । पाकिस्तानले न्युजिल्यान्डलाई जारी एकदिवसीय सिरिजको चौथो खेलमा १०२ रनले पराजित गरेपछि वरीयताको शिर्ष स्थानमा उक्लिएको हो ।

गएराती कराँचीमा सम्पन्न खेलमा पाकिस्तानले दिएको ३३५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४३.४ ओभर अल आउट हुदै २३२ रन मात्र बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले कप्तान बाबर आजमको ११७ रनको शतकीय पारीको सहयोगमा ६ विकेट गुमाउदै ३३४ रन बनाएको थियो ।

यो जितपछि पाँच खेलको सिरिजमा पाकिस्तान ४ - ० ले अगाडी रहेको छ ।

यो जितपछि पाकिस्तानले एकदिवसीय वरियतामा अस्ट्रेलियालाई उछिन्दै शीर्ष स्थानमा उक्लेको हो । अस्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा झरेका छन् । 

त्यस्तै नेपाल भने एकदिवसीय वरियतामा १४औं स्थानमा कायम रहेको छ  ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै