काठमाडौँ । लियोनेल मेसीले आफ्नो साउदी अरेबिया भ्रमण बारे माफी मागेका छन् ।
सामाजिक सञ्जालमार्फत मेसीले क्लबबाट स्वीकृति नलिएर साउदी अरबको भ्रमण गरेको विषयमा क्लब र क्लबका सहकर्मीहरुसँग माफी मागेका हुन् ।
मेसीले माफी माग्दै खेलको अर्को दिन यसअघि जस्तै बिदा हुने सोचेर आफु साउदी अरेबिया गएको बताउदै आफुले क्लबको निर्णय पर्खेको बताएका छन् ।
उनले भनेका छन्- सबैभन्दा पहिला म मेरा सहकर्मी खेलाडी र क्लबसँग माफी माग्न चाहन्छु । मैले इमान्दार साथ भन्दा यस अघि जस्तै खेलको अर्को दिन बिदा हुने सोचेर साउदी अरेबिया जाने निर्णय गरेको हुँ, जुन ट्रीप मैले यस अघि रद्द गरेको थिए । एक पटक फेरी मैले यस विषयमा माफी माग्न चाहन्छु । र मैले क्लबको निर्णय पर्खेर बसेको छु ।'
यस अघि पिएसजीले मेसीलाई बिदा स्वीकृत नगरी साउदी गएको भन्दै दुई साताका लागि प्रतिबन्ध लगाएको थियो । अहिले क्लबले प्रतिबन्ध लगाए पछि मेसी क्लबको प्रशिक्षणमा समेत सहभागी रहेका छैनन् । अब लिग वानका बाँकी पाँच मध्ये मेसीको प्रतिबन्ध कायम रहेमा तीन मात्र खेल्न पाउने छन् ।
यस घटनापछि मेसी र पिएसजीको सम्बन्ध बिग्रिएको र अब मेसीले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने रिपोर्ट बाहिर आएको छ ।









