• २०८१ बैशाख २१ शुक्रबार

बुटवल उपमहानगरद्वारा इ–रिक्सा चालक महिलालाई सम्मान

kharibot

लुम्बिनी । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आज इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ । 

श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ चालक महिलालाई सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकका इ–रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

पाण्डेयले इ–रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलालाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईंले इ–रिक्सा चालक महिला आत्मनिर्भर भएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै