• २०८१ बैशाख १६ आइतबार

म प्रेममा अभागी छु- सलमान खान

kharibot

काठमाडौँ । बलिवुडका सुपर स्टार सलमान खानको फिल्म ‘किसी का भाइ किसी जान’ रिलिज भएको एक साता बितिसकेको छ । फिल्मले बक्स अफिसमा राम्रो कमाई नगरेपछि सलमान खानको स्टारडमको विषयमा प्रश्न उठेको छ ।

पछिल्लो एक दशकमा उनको यस फिल्मले सबै भन्दा खराब कमाई गरेको छ । सलमानका पछिल्ला फिल्मले सजिलै सय करोड कमाई गर्ने गरेको भएपनि यो फिल्म सय करोड पुग्न संघर्ष गरिरहेको छ । पहिलो सातामा यस फिल्मले ८५ करोड कमाई गरेको थियो । 

यसैबीच, सलमानले एक अन्तर्वार्तामा प्रेममा आफू अभागी भएको बताएका छन् ।  भारतको चर्चित टेलिभिजन शो रजत शर्माको शो 'आप की अदालत' को नयाँ एपिसोडको प्रोमोमा, ट्रेलर लञ्चको क्रममा सलमानले आफु प्रेममा अभागी रहेको बताएका हुन् । 

सलमान प्रेम सम्बन्धको बारेमा सोधिएको प्रश्नमा उनले भने- ‘सर, आजकल म भाइ मात्रै छु ।’सलमान भन्छन्, ‘जसलाई म प्रिय भनेर बोलाउन चाहन्थें, उनीहरूले पनि मलाई भाइ भनेर बोलाउँछन् । त्यसोभएपछि अब मैले के गर्ने ?'

विगतमा सलमान खानको नाम कैयौं अभिनेत्री र मोडलसँग जोडिएको थियो । तर अहिले भने उनको सम्बन्ध बारे स्पष्ट जानकारी रहेको छैन । पछिल्लो पटक उनी रोमानियाकी मोडल एवं गायिका लुलिया भन्तुरसँग जोडिएको थियो । तर उनीहरुको अहिलेको सम्बन्ध बारे अस्पष्ट रहेको छ ।  

सलमानको अब अर्को फिल्म टाइगर- ३ मा कट्रिना कैफसँग आउदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै