• २०८१ बैशाख २७ बिहीबार

गण्डकीको मुख्यमन्त्रीमा काँग्रेस नेता सुरेन्द्रराज पाण्डेको दाबी पेश

kharibot

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी पेश गरेका छन् ।

विहिबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पाण्डेले सरकार बनाउन दाबी पेश गरेका हुन् ।

उनले काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरी ३५ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

आजसम्मको म्याद दिएर प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि आह्वान गरेका गरेका थिए ।

धारा २ मा प्रदेश सभामा कुनै एक दलको प्रष्ट बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । 

माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि वैशाख ९ गते सरकार ढलेको थियो । 

केन्द्रको सत्ता समीकरण फेरिएसँगै माओवादी केन्द्रले गत चैत १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

६० प्रदेशसभा सदस्यमा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । गण्डकीमा सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसको २७, सभामुखसहित माओवादीको ८, एमालेको २२, राप्रपाको २ सिट र एकीकृत समाजवादीका एक सांसद रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै