• २०८१ बैशाख १४ शुक्रबार

समाजवादी पार्टीले कांग्रेसका उम्मेदरवारलाई सहयोग गर्ने

kharibot

काठमाडौँ । नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन–२ मा कांग्रेसका उम्मेलवार जीतनारायण श्रेष्ठ र तनहुँ–१  मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको हो । 

सो पार्टीले बैठकपछि आज विज्ञप्ति जारी गरी कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई विजय बनाउनको लागि सहयोग गर्न गरेको पत्रको आधारमा कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै