काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुदै छन् । आजका दुई खेल अपराहन्न २ बजेदेखि शुरु हुदै छन् भने तेस्रो खेल साँझ ५:४५ देखि हुने छ ।
आज च्यासल खेल मैदानमा अपराहन्न २ बजेदेखि मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुदै छ ।
अहिलेसम्म मनाङ ८ खेलमा १५ अंकसहित लिगमा दोस्रो स्थानमा छ भने जावलाखेल८ खेलमा १४ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै अर्को खेल अपराहन्न २ बजेदेखि नै दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र न्यूरोड टिम एनआरटीबीच हुदै छ ।
मछिन्द्रको हालसम्म ८ खेलमा १२ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ । त्यस्तै एनआरटीको ८ खेलमा ६ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।
त्यस्तै आज हुने तेस्रो खेल साँझ ५: ४५ बजेदेखि दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र खुमलटार युथ क्लबबीच हुदै छ ।
त्रिभुवन आर्मीको हाल ८ खेलमा १२ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ भने खुमलटारको ८ खेलमा ७ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।









