काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पद खारेज गरिदिएको छ । श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको बैठक पछि पत्रकार सम्मेलन मार्फत सभापति लामिछानेले जानकारी दिए ।