काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा दिल्लीले दिएको १७३ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
मुम्बईको जितमा कप्तान रोहित शर्माले सर्बाधिक ६५ रन बनाएका थिए भने तिलक बर्माले ४१, इशान किसनले ३१ रन बनाएका थिए ।
त्यस्तै क्यामरुन ग्रीनले अविजित १७ र टिम डेविडले अविजित १३ रन बनाएका थिए ।
त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले २ र मुस्ताफिजुर रहमानले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्ली क्यापिटल्सले १९.४ ओभरमा अलआउट हुदै १७२ रन बनाएको थियो ।
दिल्लीका लागि अक्सर पटेलले सर्बाधिक ५४ रन बनाए भने कप्तान डेविड वार्नरले ५१ रन बनाए । त्यस्तै मनिष पाण्डेले २६ रन बनाए भने पृथ्वी शाले १५ रन बनाए ।
त्यस्तै दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी मुम्बई इण्डियन्सका बलर जासन बेहरेनडोर्फ़ र पियुष चावलाले ३-३ विकेट लिएका थिए । त्यस्तै रिले मेरेडिथले २ र ऋतिक शोकीनले एक विकेट लिएका थिए ।
जारी आइपिएलमा शुरुका दुई खेलमा हार बेहोरेपछि मुम्बईको यो पहिलो जित हो । त्यस्तै दिल्लीले भने लगातार चार खेलमा हार बेहोरेको छ ।









