• २०८१ बैशाख १५ शनिबार

रवि लामिछानेको राहदानी प्रकरणको रिट न्यायाधिश सिन्हाको एकल इजलासमा

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको आज पेसी तोकिएको छ ।

लामिछानेको राहदानी प्रकरणको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलासमा तोकिएको छ । आज यस रिटको प्रारम्भिक सुनुवाई हुने बताइएको छ ।

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको राहदानी प्रकरणमा मुद्धा चलाउनु नपर्ने निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको थियो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध आज दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसकेका छन् ।

महान्यायाधिवक्ता डा पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय यही चैत ६ गते गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेका थिए । उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै