• २०८१ बैशाख २८ शुक्रबार

ओएसआर स्पोर्ट्सले एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रशारण युट्युबमा गर्ने 

kharibot

काठमाडौँ । ओएसआर स्पोर्ट्स एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रीमिङ पार्टनर बनेको छ ।

बैशाख ५ गतेदेखि काठमाडौँमा हुने एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रशारण ओएसआर स्पोर्ट्स (OSR Sports) को युट्युब च्यानलमा हेर्न पाइने भएको हो ।

एशियन क्रिकेट काउन्सिलले ओआरसी स्पोर्ट्स एसीसी प्रिमियर कपको डिजिटल  स्ट्रीमिङ पार्टनर भएको जानकारी दिएको छ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह 'ए' मा परेको छ । नेपालले लिग चरणमा मलेसिया, साउदी अरेबिया, कतार र ओमानको सामना गर्नेछन् ।

आगामी वैशाख ५ (अप्रिल १८) देखि बैशाख १८ (मे १) सम्म हुने प्रतियोगिताका खेल टीयू  क्रिकेट मैदान र मूलपानी स्टेडियममा हुनेछन् । नेपालले उद्घाटन खेलमा मलेसियाको सामना गर्नेछ ।

कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् । यो प्रतियोगिता जित्ने देश सिधै एशिया कपका लागि छनौट हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै