• २०८१ बैशाख २१ शुक्रबार

जगन्नाथ पौडेल भन्छन्- चितवनमा रास्वपालाई समर्थन गर्छु

kharibot

चितवन । नेपाली काँग्रेसमा कारवाहीमा परेका चितवनका नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

रविले बैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन-२ मा आजै आफ्नो मनोनयन दर्ता गरिसकेका छन् । चितवनमा सोमबार विहान पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताए ।

उनले भने, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।’

पौडेल रवि लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा पौडेल पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव लडेका थिए । उनले आफू स्वतन्त्रताप्रेमी भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै