• २०८१ बैशाख १४ शुक्रबार

एमालेबाट चितवन-२ मा न्यौपाने र तनहुँ-१ मा खनाल उम्मेदवार

kharibot

काठमाडौं । नेकपा एमालेले चितवन- २ र तनहुँ- १ मा उपनिर्नावाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

शनिवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन- २ मा रामप्रसाद न्यौपाने र तनहुँ- १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

चितवन- २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो ।

त्यसैगरी तनहुँ- १ मा उम्मेदवार बनाइएका पुर्व आइजीपी खनाल यस अघि मङ्सिर ४ मा सम्पन्न चुनावमा काठमाडौँ- ६ बाट उम्मेदार बनेपनि पराजित भएका थिए ।

एमालेले बारा- २ मा भने उम्मेदवार टुंगाउन बाँकी रहेको छ ।

चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र बाट रवि लामिछाने, नेपाली काँग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै तनहुँ-१ बाट नेपाली काँग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ भने रास्वपाले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ ।

तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ताको तालिका रहेको छ ।
   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै