• २०८१ बैशाख १५ शनिबार

स्पेनसँग नर्वे पराजित

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत स्पेनले नर्वेलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा स्पेनले नर्वेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा जोसेलुले दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।

यो जितपछि समुह ए मा रहेको स्पेनले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

त्यस्तै यसै समुहमा रहेको स्कटल्याण्डले साइप्रसलाई ३-० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।

अब स्पेनले अर्को खेल मार्च २९ मा स्कटल्याण्डसँग खेल्दै छ भने नर्वेले अर्को खेल जर्जियासँग मार्च २८ मा खेल्ने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय