• २०८१ बैशाख ८ शनिबार

फ्रान्सले नेदरल्याण्डसलाई हरायो

kharibot

काठमाडौँ । युरोकप छनौट अन्तर्गत फ्रान्सले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा फ्रान्सले नेदरल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

यस जितमा फ्रान्सका नयाँ कप्तान बनेका किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने एन्टोनी ग्रीजम्यान र डायोट उपामेकानोले एक एक गोल गरेका थिए ।

समुह बी मा रहेको फ्रान्सले यो जितसँगै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

त्यस्तै यसै समुहमा रहेको ग्रीसले गिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै