विराटनगर । आयोजक विराटनगर सिटी एफसी, नेपाल पुलिस क्लबलाई पराजित गर्दै विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराती सम्पन्न उद्घाटन खेलमा विराटनगरले पुलिसविरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्न सफल भएको हो ।
विराटनगर रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित सयम दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।
निर्धारित समयमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
आक्रमण जारी राखेको पुलिसले १ सय २१ औँ मिनेटमा गोल खान पुग्यो । सब्सटिच्यूट खेलाडी आशिष श्रेष्ठले विराटनगरका लागि खेलको १२१औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
आज त्रिभुवन आर्मी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।