• २०८१ बैशाख १७ सोमबार

थ्री स्टारलाई हराउदै सुदूरपश्चिम-११ तिलोत्तमा गोल्डकपको फाइनलमा

kharibot

बुटवल । सुदूरपश्चिम-११ तिलोत्तमा गोल्ड कपको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजति गर्दा फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमको जितका लागि खेलको ८६औँ मिनेटमा फागुराम थारुले गरेको गोल्नै खेलको निर्णायक गोल बनेको थियो । 

खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत हुँदै सुदूरपश्चिमका बिष्णु चौधरीले ११ हजार १ सय ११ रुपैयाँ, यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरेका छन् ।

अब विहिबार दोस्रो सेमिफाइनल खेल मनाङ र्मस्याङदी र फ्रेण्ड्स क्लवबीच हुदै छ ।

त्यस्तो सुदुरपश्चिम-११ ले उपाधिका दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै