• २०८१ बैशाख २० बिहीबार

क्रिकेटर ललित र दिपेशलाई विराटनगर महानगरले एक एक लाख नगदसहित सम्मान गर्ने

kharibot

विराटनगर ।  विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । 

नेपाललाई विश्वकप छनोटमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र यू-१९ टिमलाइ विशवकप्मा पुर्याएका कँडेललाई महानगरले जनही नगद एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो । 

राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै