• २०८१ बैशाख १३ बिहीबार

माओवादी घटकका आठ दलको संयुक्त पत्रकार सम्मेलन आज

kharibot

काठमाडौं । माओवादी घटकका आठ दलले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलनबारे जानकारी दिएका छन् । 

मुख्य सचिव ढकालका अनुसार आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

द्वन्द्वकालीन मुद्दाको निक्र्यौल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नेगरी माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । .
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै