• २०८१ बैशाख १६ आइतबार

एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

kharibot

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।

नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेसनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

केही समयअघि साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।

यस प्रतियोगिताको समूह ‘बी’ मा यसअघि युएई पनि थियो र तर युएईले नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले दोस्रो खेल यही मार्च १२ मा नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।

समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुने छ । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछन् । छानिएका टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उक्त प्रतियोगिता सन् २०२४ मार्च ३ देखि १६ सम्म हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै