• २०८१ बैशाख १५ शनिबार

पठानले तोड्यो बाहुबली-२ को रेकर्ड

kharibot

काठमाडौँ । बलिवुडको शाहरुख खानको फिल्म पठानले बाहुबली-२ को रेकर्ड तोडेको छ । फिल्म पठानले मार्च ४ मा बाहुबली २ को रेकर्ड तोडेको हो । पठानले अहिलेसम्म ५१३.७५ करोड कमाइ सकेको छ ।

बाहुबली-२ सन् २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो । रिलिज भएयता यसले बनाएको कीर्तिमान अहिलेसम्म तोडिएको थिएन । अब शाहरुखले पठानमार्फत चार वर्षपछि कमब्याक गरेर नयाँ कीर्तिमान बनाएका छन् । पठानले रिलिजको ३९ दिन बितिसक्दा पनि नयाँ फिल्म रिलिज भए पनि राम्रो व्यापार गरिरहेको छ ।

भारतीय बक्स अफिसमा कमाईको हिसाबले अब पठान शिर्ष स्थानमा छ भने बहुबाली-२ दोस्रो स्थानमा रहेको छ । त्यस्तै ४३५.३३ करोड कमाई गरेर केजीएफ-२ तेस्रो स्थानमा छ भने ३७४.४३ करोड कमाई गरेर दंगल चौथो स्थानमा रहेको छ । त्यसैगरी पाँचौ स्थानमा ३४२.५७ करोड कमाई गर्दै सन्जु रहेको छ । 

त्यस्तै घरेलु बक्स अफिसबाहेक विदेशमा पनि राम्रो कमाई गरिरहेको छ । पठानको विश्वभरको कलेक्सन अहिलेसम्म १०२८ करोड भारु पुगेको छ र भारतीय सिनेमाको इतिहासमा अहिलेसम्म दोस्रो धेरै कमाई गर्ने फिल्म बनेको छ । साथै पठान १००० करोडको जादुई अंक छुन्ने दोस्रो बलिउड फिल्म हो । यसअघि यो उपलब्धि आमिर खानको फिल्म दंगलको नाममा मात्र थियो । दंगलले विश्वभर २०२४ करोड कमाई गरेको थियो ।

त्यस्तै सलमान खानको फिल्म बजरंगी भाईजानले विश्वभर ९६९.०६ करोडको व्यापार गरेको थियो भने आमिर खानकै अर्को फिल्म सेक्रेट सुपरस्टारले विश्वभर ९६६.८६ करोड कमाई गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय