काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तरगत आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले खेलको ४६औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि आर्सनलको २४ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै लेस्टर सिटीको भने २४ खेलमा २४ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।









