• २०८१ बैशाख २० बिहीबार

सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छ- महासचिव गुरुङ

kharibot

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउनसके देशको स्वाधिनताको रक्षा हुने बताएका छन् । 

बिहीवार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताएका हुन् ।

उनले देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने बताए । नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थमा दलहरुका बिचमा आपसी सहमती सहकार्य हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवद्र्धन हुने उनको भनाई छ । 

उनले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताए । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुका बीचमा निरन्तर छलफल भइरहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै