काठमाडौँ । संसडमा बाल मन्दिरको जग्गा भाडामा दिएको विषय उठेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बाल मन्दिर र ललितकलाको ५७ रोपनी जग्गा कौडीको मुल्यमा भाडामा लगाइएको भन्दै आपत्ति जनाएकी छन् ।
उनले बालमन्दिरको यो जग्गालाई कौडीको मुल्यमा भाडामा लिएर कहलिएका घरानाले व्यवसाय गरिरहेको भन्दै यसको छानबिन हुनुपर्ने माग गरेकी छन् ।
संसदमा बोल्दै सांसद श्रेष्ठले यस विषयमा यस अघि बनेको उच्च स्तरीय छानबिनको प्रतिवेदन कहिले सार्बजनिक हुन्छ भन्दै प्रश्न गरेकी छन् ।
बालमन्दिरको जग्गा अतिक्रमण भएको भन्दै उकालो अनलाइनले हालै विस्तृत समाचार प्रकाशित गरेको थियो ।









