• २०८१ बैशाख १६ आइतबार

आर्सनलको नाटकीय जित, सिटीलाई उछिन्दै लिगको शिर्ष स्थानमा

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एस्टन भिल्लालाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ९० मिनेटपछिको इन्जुरी समयमा नाटकीय रुपमा दुई गोल थप्दै ४-२ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एस्टन भिल्लाका एमिलियानो मार्टिनेजले ९३औं मिनेटमा आत्मघाती गोल गरेका थिए भने खेलको ९८औ मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४-२ को जित दिलाएका थिए ।  

यस अघि खेलको पाँचौं मिनेटमा ओले वाटकिंग्सले गोल गर्दै एस्टन भिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १६औं मिनेटमा आर्सनलका बुकायो साकाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यसपछि खेलको ३१औं मिनेटमा फिलिप कोटीन्होले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए भने खेलको ६१औं मिनेटमा आर्सनलका ओलेकजेन्डर जिंचेन्कोले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । आर्सनलको २३ खेलमा ५४ अंक भएको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ३ अंकले अगाडी रहेको छ ।

त्यस्तै एस्टन भिल्ला भने २३ खेलमा २८ अंकसहित ११औं स्थानमा छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै