• २०८१ बैशाख १६ आइतबार

विवेकशील साझाको महाधिवेशननै रविन्द्र मिश्रलाई ठुलो झापड हो- अध्यक्ष बास्कोटा

kharibot

काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन् । 

शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरुले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन् । उनले विवेकशील साझा पार्टीका नेताहरु अधिकांश दलहरुमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरु उत्पादन गरिरहेको बताइन् ।

उनले पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको बताइन् ।

महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताइन् । 

उनले भनिन्, ‘यो मेरो ६ महिनाको सर्ट टम गोल हो । किनभने पार्टी नै सक्याएर राप्रपाकरण गर्न खोजिएको थियो । तर पार्टीको अस्तित्व छ भनेर निर्वाचन आयोगमा हामी दर्ता भएर हामी चुनावमा गयौँ । हामी २ लाख १२ हजार मतलाई झारेर तल ल्यायौँ होला तर विवेकशील साझा तराजु चुनाव चिन्हमा चुनावमा खडा भयो । विवेकशील साझाका नेताहरु काँग्रेस, कम्युनिष्ट, रास्वपा, राप्रपा सबै दलमा हुनुहुन्छ । यो भनेको विवेकशील साझा विद्यार्थी उत्पादन गर्ने जस्तै नेताहरु उत्पादन गर्ने फ्याक्ट्री रहेछ । कयौँले पूर्व अध्यक्षलाई गाली गरौँ भने तर केही गर्नु पर्दैन, यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो । महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गर्छ, त्यो सबैभन्दा ठूलो झापड हो, गाली गर्नै पर्दैन, हारिसकेको मान्छेलाई हामीले फेरि किन हराउन जरुरी छ ।’

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनैपनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै