• २०८१ बैशाख १६ आइतबार

वैवाहिक बन्धनमा बाँधिए निहारिका र शिवराज

kharibot

जनकपुरधाम । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुत र शिवराज श्रेष्ठसँग विवाह गरेका छन्  ।

निहारिका र शिवराजले शुक्रबार जनकपुरधामको जानकी मन्दिरमा विवाह गरेका हुन् ।

बलात्कारको आरोप लगाउँदै शिवराजविरुद्ध अदालतमा उजुरी गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।

तर उनीहरुबीच माघ १७ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गर्दै श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए ।

निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटक पटक पक्राउ समेत परेकी थिइन् ।

निहारिकाले बच्चा शिवराजको दाबी गर्दै डीएनए परिक्षणको माग गरेकी थिइन् र डीएनए परिक्षण गर्दा बच्चा शिवराजकै भएको प्रमणित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै